‘गोली नचलाउन भनेको हुँ, काँक्रो खाएर बियाँ हामीलाई टाँस्ने काम नहोस्’ : ओली

cp new add
Nisharg hospital

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा आफूले गोली नचलाउन र दमन नगर्न भनेको दाबी गर्दै त्यसको दोष आफूहरूमाथि थोपर्ने षड्यन्त्र नगर्न चेतावनी दिएका छन् ।

शनिबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै ओलीले भदौ २३ गते युवाहरूको योजनाबद्ध हत्या गराइएको आरोप लगाए । त्यसलाई निहुँ बनाएर भोलिपल्ट देशव्यापी रूपमा लुटपाट, हिंसा, आतंक र अराजकता फैलाइएको उनको दाबी थियो ।

‘गोली नचलाउनु र दमन नगर्नु भनेको हुँ, काँक्रो खाएर बियाँ हामीलाई टाँस्ने काम नहोस्,’ ओलीले भने । उनले लोकतान्त्रिक विधिबाट नेपाललाई अघि बढ्न नदिइएको पनि आरोप लगाए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...