गोरखामा जिप दुर्घटना हुँदा ८ जना घाइते

cp new add
Nisharg hospital

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। आइतबार बिहान भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको महेन्द्र जिप ब्रेक फेल भएर सडकको नालीमा खसेर भित्तामा ठोक्किएको थियो।

जिपमा चालकसहित ९ जना सवार थिए। दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल आँपपिपल, गोरखा पठाइएको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...