कैलाली–कञ्चनपुरमा भन्सार छलीका ३ लाख बढीका सामान बरामद,

cp new add
Nisharg hospital

धनगढी । भारतबाट भन्सार छली ल्याइएका करिब ३ लाख रुपैयाँ बराबरका सामान कैलाली र कञ्चनपुरबाट प्रहरीले बरामद गरेको छ।

कैलालीको भजनी नगरपालिका–७ करुवाघाटबाट भारतबाट भन्सार छली ल्याइएको अन्दाजी १ लाख ३० हजार रुपैयाँ बराबरको फुटबल जुत्ता प्रहरीले बरामद गरेको हो। बिहीबार इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले उक्त जुत्ता बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट भारतबाट भन्सार छली ल्याइएका अन्दाजी १ लाख ७६ हजार ८ सय रुपैयाँ बराबरका विभिन्न सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार बेवारिसे अवस्थामा पेय पदार्थ, चिनी, बिडी, सुर्ती, नमकिन, चकलेट, पटका लगायतका सामान फेला पारेको हो। प्रहरीले बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।

कैलाली र कञ्चनपुरबाट बरामद सामानको कुल अनुमानित मूल्य ३ लाख ६ हजार ८ सय रुपैयाँ रहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...