नेकपा बहुमतको नाममा चन्दा उठाउने गरेको आरोपमा एक जना पक्राउ

cp new add
Nisharg hospital

धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को नाममा चन्दा उठाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–३ घर भएका ४० वर्षीय शम्भुप्रसाद जैसी छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिजुलीबजारबाट पक्राउ गरेको हो । पार्टीलाई आर्थिक सहयोग भन्दै व्यवसायीहरूलाई धम्कीपूर्ण फोन गर्दै चन्दा आतंक फैलाएको प्रहरीले जनाएको छ ।

चन्दाको धम्की आएपछि व्यवसायीहरूले लिखित उजुरी नै दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई थप अनुसन्धनका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...