
कञ्चनपुर । भारी वर्षा, बाढी तथा डुबानको सम्भावनालाई मध्यनजर गर्दै कञ्चनपुरको बेलौरी नगरपालिकाले स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र (LEOC) २४ घण्टा सञ्चालनमा ल्याएको छ।
नगरपालिकाले जल तथा मौसम विज्ञान विभागको पूर्वसूचनाअनुसार यस क्षेत्रमा भारी वर्षा, बाढी तथा जलमग्नता हुन सक्ने पूर्वानुमान रहेकाले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै LEOC २४ घण्टा खुला राख्ने जनाएको हो।
नगरपालिकाका अनुसार बाढी, डुबान तथा अन्य आपतकालीन अवस्था उत्पन्न भए तत्काल सूचना, आवश्यक सहयोग तथा समन्वयका लागि LEOC मा सम्पर्क गर्न सकिनेछ।
नगरपालिकाले नदी तथा खोलाको किनार, डुबान हुन सक्ने क्षेत्र र जोखिमयुक्त स्थानमा नजान तथा सम्बन्धित निकायबाट जारी पूर्वसूचना र निर्देशनको पालना गर्न नगरवासीलाई आग्रह गरेको छ।
आपतकालीन सम्पर्क नम्बर :
LEOC : ९८०१३८५६७४, ९८४८७५४००८, ९८०१७१४५४६
नगरपालिका कार्यालय :९८५८७२७१११ 

