बनबसामा खैरो हेरोइनसहित कञ्चनपुरका युवक पक्राउ

cp new add
Nisharg hospital

कञ्चनपुर। भारतको बनबसा क्षेत्रमा ४ ग्राम खैरो हेरोइनसहित कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१८, भगतपुरका २८ वर्षीय महेश चौधरी रहेका छन्।

आइतबार बनबसा थाना प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले बनबसा क्षेत्रको शिव मन्दिर तथा एसएसबी क्याम्पनजिक चेकजाँच गरिरहेको थियो। सोही क्रममा शंकास्पद अवस्थामा रहेका चौधरीको तलासी लिँदा उनको साथबाट ४ ग्राम खैरो हेरोइन बरामद भएको हो।

भारतीय प्रहरीले चौधरीविरुद्ध बनबसा थानामा एनडीपीएस ऐनको धारा ८ र २१ बमोजिम मुद्दा दर्ता गरि थप कानुनी प्रक्रिया अघि बढाइएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...