डाेटी अस्पतालकाे शाैचालयमा स्वास्थ्यकर्मी मृत फेला

cp new add
Nisharg hospital

धनगढी । जिल्ला अस्पताल डोटीकाे शाैचालयमा स्वास्थ्यकर्मी मृत अवस्थामा भेटिएका छन् ।

अस्पतालमै कार्यरत बोगटान फुड्सिल गाउँपालिका-६ बस्ने ३४ बर्षिय अहेब प्रेम बोगटी बुधबार बिहान ११ बजेतिर मृत भेटिएकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) सागर बाेहराले बाेगटी शाैचालयमा मृत फेला परेकाे जानकारी दिए । उनकाअनुसार शाैचालय गएका बाेगटी लामाे समयसम्म नफर्किएपछि खाेजी गरिएको थियाे ।

साे क्रममा उनी शाैचालयमा मृत भेटिएका हन् । जिल्ला अस्पतालले भने उनी शाैचालयमा अचेत भेटिएको जनाउदै उपचारका क्रममा मृत्युु भएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...