सिद्धार्थनगरबाट एक किलो सुनसहित महिला पक्राउ

cp new add
Nisharg hospital

रुपन्देही। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, शान्तिगेटबाट सशस्त्र प्रहरीले करिब एक किलोग्राम सुनका विभिन्न गरगहनासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।

बुधबार राति भारतबाट नेपालतर्फ आउँदै गरेकी काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया ईला पटेललाई सशस्त्र प्रहरीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म डण्डाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले पटेललाई सुनजस्तो देखिने पहेँलो पदार्थबाट बनाइएका विभिन्न गरगहनासहित नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएका गरगहनालाई सिद्धार्थनगरका सुनचाँदी व्यवसायीमार्फत परीक्षण गर्दा ती एक किलोग्राम सुन रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिइएकी पटेललाई बरामद सुनसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाइएको छ।

प्रहरीका अनुसार बरामद सुनको मूल्य २ करोड ५१ लाख ९३ हजार ३ सय ५० रुपैयाँ रहेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...