byd
care tekar

सुनारको अडियोमा पीडितकी बहिनीले भनिन्,‘हिंस्रक जनावर र आतंककारी’

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको विवादित अडियो प्रकरण सार्वजनिक भएपछि पीडित महिलाकी बहिनी मिडियामा आएकी छिन् । उनकी बहिनीले एक सञ्चारमाध्यममा अन्तरवार्ता दिँदै सो अडियो सार्वजनिक भएपछि दिदीको फेसबुक, ह्वाट्सएपलगायतका सामाजिक सञ्जाल ‘डिएक्टिभ’ भएको र फोन स्वीच अफ रहेको बताएकी हुन् ।

sanjiwan
Nisharg
Nav

सुनारको बोली ‘हिंस्रक जनावर र आतंककारी’ जस्तो सुनिएको बताउँदै उनी भन्छिन्,‘त्यो आवाज सुनिएपछि दिदीको भन्ने चिनियो । त्यसपछि दिदीलाई कन्ट्याक्ट गर्ने प्रयास गरेँ । दिदी एकछिन अगाडि मात्र एक्टिभ हुनुहुन्थ्यो,फेसबुक डिएक्टिभ भयो । उहाँको ह्वाट्सएप पनि छैन । टिकटक पनि छैन । फोन पनि अफ छ । मैले उहाँलाई हिजो नै सम्पर्क गर्न खोजेको थिएँ । उहाँमाथि ठूलो मानसिक दबाब भएको होला ।’

maya metro
nagrik
Gyan Hotel
udhog

सहमतिमै छुट्टिने बाटो हुँदाहुँदै उनले अश्लील भिडियोहरु बनाएर मानसिक दबाब दिइरहेको,आर्थिक शोषण गरेको पीडितकी बहिनीको आरोप छ । बहिनीका अनुसार दिदी हालसालै अमेरिकाबाट आएको र अहिले नेपालमै छिन् । दिदीको पहिला विवाह भएको र श्रीमान साथमा नरहेको बहिनीको भनाइ छ । उनको एकल छोरा पनि अमेरिकामा छन् । उनी एक्लै बसिरहेको र सुनारसँगको सम्बन्ध परिवारसँग सेयर नगरेको बहिनीले बताएकी छिन् ।

HAMRO DAIRY

उनले कानुनभन्दा माथि कोही नरहेको बताउँदै सुनारमाथि कारबाहीको माग गरेकी छिन् । जनआस्था अनलाइनबाट हिजो सुनारले महिलालाई धम्क्याएको अडियो सार्वजनिक भएको छ । त्यसपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक छानबिन थालेको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...