byd
care tekar

सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौँ । सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ घर भएका २० वर्षीय राजु यादव उर्फ क्रिमिनल छन् ।

sanjiwan
Nisharg
Nav

यादवले समाजमा हिंसा फैलाउन उत्प्रेरित गरेको र विभिन्न व्यक्ति, समुदाय र सङ्गठनको मर्यादामा आँच आउने खालका आपत्तिजनक भिडियो बनाएर टिकटकमा अपलोड गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी ओमप्रकाश खनालले बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog

असोज २७ मा उनलाई जनकपुर उपमहानगरपालिका–९ बाट पक्राउ गरेर अनुसन्धान थालिएको डीएसपी खनालले जानकारी दिए । उनले आपत्तिजनक शब्दहरू बोल्ने र धाक धम्की दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । धनुषा प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरेर त्यस्ता गतिविधि गर्ने थप चार जनालाई यसअघि पक्राउ गरेको थियो ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...