एमालेले ह्विप उल्लङ्घन गरेकाे भन्दै दुई सांसदलाई साेध्याे ४८ घण्टे स्पष्टीकरण, पाठकलाई सभापतिबाट हटाउने निर्णय




धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले दुई जना सांसदलाई स्पष्टीकरण साेधेकाे छ । बुधबार बसेकाे संसदीय दलकाे बैठकले पदबाट राजीनामा दिएका बिरबहादुर थापा र धर्मराज पाठकलाई स्पष्टीकरण गर्ने निर्णय गरेकाे हाे ।


बैठकमा सहभागी सांसदकाअनुसार दुवै जनालाई ४८ घण्टाभित्र जवाफ पेश गर्नेगरि स्पष्टीकरण साेध्ने निर्णय गरिएको हाे ।





यस्तै, पाठककाे सामाजिक विकास समितिका सभापतिकाे जिम्मेवारी खाेसिएकाे छ । उनलाई सभापतिबाट फिर्ता बाेलाउने निर्णय गरेकाे हाे ।

एमालेले मंगलबारकाे प्रदेश सभाकाे बैठकमा अनिवार्य उपस्थित भएर बजेटकाे पक्षमा मतदान गर्न ह्वीप जारी गरेकाे थियो तर पाठक र थापा भने बैठकमा सहभागी भएनन् ।
थापाले मंगलबार नै बजेटप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिइसकेका छन् तर उनकाे राजीनामा सभामुख भीमबहादुर भण्डारीले हाेल्ड गरेका छन् ।





