


पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलबाट प्रहरीले ७ हजार १६० चक्की लागुऔषध बरामद गरेको छ। प्रहरीले पसल सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई पक्राउ गरेको छ।



इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा पसलमा जाँच गर्दा कोडिन, प्रेगाबालिन, लोराजेपाम र क्लोर्डियाजेपोक्साइड बरामद गरेको हो।





पक्राउ परेकी ढुङ्गानामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।






