press
po

भिडियो कलमा देखिएकी ‘प्रेमिका’ नक्कली, अस्ट्रेलियाली वृद्धले गुमाए १ लाख ८० हजार डलर

cp new add
Nisharg hospital
dhanga
Rubic

सिड्नी । भिडियो कलमै देखिएकी महिलालाई वास्तविक प्रेमिका ठानेर विश्वास गर्दा अस्ट्रेलियाका ७३ वर्षीय अवकाशप्राप्त मनोवैज्ञानिक माइकलले १ लाख ८० हजार अस्ट्रेलियाली डलर गुमाएका छन्। कृत्रिम बुद्धिमत्ता (एआई), भ्वाइस क्लोनिङ र फेस-स्वापिङ प्रविधि प्रयोग गरी ठगहरूले उनलाई १२ महिनासम्म प्रेमसम्बन्धको जालमा पारेका थिए।

sanjiwan
Nisharg

माइकलले दक्षिण अफ्रिकाकी ‘मेलानी’ नामकी नर्ससँग अनलाइनमार्फत चिनजान गरेका थिए। उनीहरू नियमित भिडियो कल र कुराकानी गर्थे। महिलाको अनुहार, आवाज र व्यवहार वास्तविकजस्तै देखिएपछि माइकलले विश्वास गर्दै आर्थिक सहयोग गर्न थाले।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

ठगहरूले अमेरिकाकी एक महिला डाक्टरका तस्बिर तथा भिडियो सामाजिक सञ्जालबाट लिएर एआई प्रविधिको सहायताले नक्कली पहिचान बनाएका थिए। भिडियो कलमा समेत वास्तविक व्यक्तिजस्तै देखिने गरी फेस-स्वापिङ प्रविधि प्रयोग गरिएको थियो।

HAMRO DAIRY
Nav

क्विन्सल्यान्ड विश्वविद्यालयकी साइबर सुरक्षा तथा डिजिटल फोरेन्सिक विशेषज्ञ डा. प्रियंका सिंहले भिडियो कलको विश्लेषण गर्दा महिलाको कानको मुन्द्रा र कपालको चाल अस्वाभाविक देखिएको बताएकी छन्। भिडियोमा अनुहारमा हात लैजाँदा छवटा औँला देखिनु तथा कुर्सीको आकार बदलिनु पनि प्रविधिगत त्रुटिका संकेत थिए।

माइकलकी छोरीले उक्त सम्बन्धमाथि शङ्का व्यक्त गरेपछि उनले अन्तिम भिडियो कल रेकर्ड गर्दै महिलाको वास्तविक पहिचानबारे प्रश्न गरेका थिए। ठगी खुलेपछि पनि गिरोहले भावनात्मक दबाब दिएर थप रकम माग्ने प्रयास गरेको थियो। माइकलले प्रहरीमा उजुरी दिएका छन्, तर अन्तर्राष्ट्रिय गिरोह संलग्न भएकाले रकम फिर्ता पाउने सम्भावना न्यून रहेको बताइएको छ।

साइबर सुरक्षा जानकारहरूका अनुसार एआईको प्रयोगबाट वास्तविकजस्ता देखिने तस्बिर, आवाज र भिडियो बनाउन सकिने भएकाले भिडियो कलमा अनुहार देखिएकै आधारमा कसैलाई पूर्ण विश्वास गर्नु जोखिमपूर्ण हुन्छ।

अनलाइनमा चिनजान भएको व्यक्तिले पैसा मागेमा, लगानी गर्न दबाब दिएमा वा बैंक तथा व्यक्तिगत विवरण मागेमा सावधानी अपनाउनुपर्ने उनीहरूको सुझाव छ। व्यक्तिको पहिचान स्वतन्त्र स्रोतबाट पुष्टि नगरी रकम पठाउनु हुँदैन। ठगीमा परेमा बैंक वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी दिनुका साथै सन्देश, फोन नम्बर र कारोबारका प्रमाण सुरक्षित राख्नुपर्छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...