


बैतडी । बैतडीको पाटन नगरपालिका–७ खालीस्थित जंगलबाट प्रहरीले एकनाले भरुवा बन्दुक बरामद गरेको छ।



शुक्रबार बिहान अस्थायी प्रहरी पोष्ट बयलचौरबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।





घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।






