


धनगढी । कञ्चनपुरमा खैरो हेरोइन जस्तो देखिने अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।


जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित भाइरल रोडबाट ०.५४ ग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित दुई जना पक्राउ परेका हुन्।






पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५ का २४ वर्षीया प्रियंका सुनार र २१ वर्षीय प्रवीण सुनार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार भारतबाट नेपालतर्फ पैदल आइरहेका उनीहरूलाई शंकाका आधारमा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको थियो।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।






