press
po

अम्बे स्टिलमा आगलागी, ८ जना घाइते

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् ।

sanjiwan
Nisharg

आइतबार बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो । प्रहरीका अनुसार आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

HAMRO DAIRY

नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान सवा ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीिले जनाएको छ । बिहान पौने ९ बजे घाइते शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ।

अन्य घाइतेहरूको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको छ।

यी हुन् घाइतेहरू :

Nav

१. जिल्ला बाँके, जानकी गाउँपालिका–५ बस्ने वर्ष २८ का शिवप्रसाद चमार (अवस्था मध्यम)

२. सोही ठाउँ बस्ने वर्ष २२ का रामदिन हरिजन (अवस्था मध्यम)

३. ऐ.ऐ. बस्ने वर्ष २४ का प्रेम धोबी (अवस्था सामान्य)

४. सोही ठाउँ बस्ने वर्ष २९ का दिलीपकुमार यादव (अवस्था सामान्य)

५. सोही ठाउँ बस्ने ३५ का लक्ष्मीराम यादव (अवस्था सामान्य)

६. भारत, जिल्ला बहराइच, कठौतिया बस्ने वर्ष २९ का राजकुमार निषाद (अवस्था सामान्य)

७. सोही ठाउँ बस्ने वर्ष २४ का नशिवकुमार निषाद (अवस्था सामान्य)

८. सोही ठाउँ बस्ने वर्ष २५ का विनोदकुमार निषाद, (अवस्था सामान्य)

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...