


धनगढी । धनगढीको जेनिस सेकुवा सेन्टरमा प्रहरीले छापा हानेको छ । आइतबार साँझतिर पूरानो भन्सार रोड नजिकै रहेको जेनिस सेकुवा सेन्टर एण्ड लजमा प्रहरीले छापा हानेको हो ।



अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बसपार्कको टोली होटलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयकाअनुसार होटलबाट तीन युुुवती र एक जना युुवकलाई नियन्त्रणमा लिइएको छ ।





उनीहरुमाथि आवश्यक सोधपुछ भइरहेको छ । प्रहरीले उनीहरु अनैतिक कार्यमा संलग्न थिए वा थिएनन् ? भन्ने कुरा खुलिनसकेको जनाएको छ । उनीहरू हाेटलबाट भागिरहेकाे अवस्थामा हिलटन हाेटलकाे छतबाट नियन्त्रणमा लिइएकाे हाे ।

यसबारे अनुसन्धान भइरहेको छ ।






