


धनगढी । कैलालीको गौरीफन्टा सीमा नाकाबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएको २१५ थान विभिन्न प्रकारका कपडा बरामद गरिएको छ। घटनामा संलग्न रहेको आशंकामा दुई जना नाबालकलाई नियन्त्रणमा लिइएको छ।


भारत–नेपाल सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा सशस्त्र सीमा बल (एसएसबी) को ३९औँ वाहिनीअन्तर्गत सीमा चौकी गौरीफन्टाको टोलीले भारतको लखिमपुर खिरी जिल्लास्थित पलिया कलाँ क्षेत्रमा दुई नाबालकलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।






उनीहरूले बोकेको नीलो रङका बोराहरू जाँच गर्दा विभिन्न प्रकारका २१५ थान कपडा बरामद भएको एसएसबीले जनाएको छ।

एसएसबीका अनुसार नियन्त्रणमा लिइएका दुवै नाबालक भारतको बनगाउँका १५ वर्षीय आदर्श र १४ वर्षीय सुगम हुन्।
बरामद कपडासहित दुवैलाई आवश्यक कानुनी कारबाहीका लागि गौरीफन्टा भन्सार कार्यालयको जिम्मा लगाइएको एसएसबीले जनाएको छ।






