


कैलाली । बझाङको केदारस्युँ गाउँपालिका–७ मा जिप दुर्घटना भएको छ। केदारस्युँ–७ स्थित भामचौर नजिकै जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।



जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक बिष्टले जानकारी दिए।





‘दुर्घटनाको खबर हामीले पनि पाएका छौँ। जिल्ला सदरमुकामबाट प्रहरी घटनास्थल पुग्न ४ देखि ५ घण्टा लाग्छ भने स्थानीय प्रहरी टोलीलाई पुग्न करिब २ घण्टा लाग्छ। प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै दुर्घटनाको अवस्था र क्षतिबारे जानकारी दिन सकिन्छ,’ उनले भने।






