press
po

सरकारले हटायो आईजीपी कार्की

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कार्कीलाई आईजीपीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री कार्यालय मातहत सल्लाहकारका रूपमा राखिएको हो ।

sanjiwan
Nisharg

सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

पछिल्ला विवादास्पद घटनाक्रममा आईजीपी कार्कीको भूमिकामाथि प्रश्न उठेपछि सरकारले उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । सिधै बर्खास्त गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने देखिएपछि उनलाई पदबाट मुक्त गरी प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय गरिएको बताइएको छ ।

HAMRO DAIRY

कार्कीलाई गत वर्ष कात्तिक २४ गते तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । उनले कात्तिक २६ गतेदेखि जिम्मेवारी सम्हालेका थिए ।

Nav

२४ भदौमा भएको जेनजी आन्दोलनका बेला उनले काठमाडौं उपत्यकाको प्रहरी कमाण्ड सम्हालेका थिए ।

करिब एक वर्षको कार्यकालमा कार्की विभिन्न विवादमा तानिएका थिए । उनीमाथि निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता गरेको आरोप लागेको थियो । प्रहरीको कमाण्ड कन्ट्रोलमा समस्या देखिएको भन्दै सरकारबाट समेत उनीमाथि प्रश्न उठ्दै आएको थियो ।

प्रधानमन्त्री कार्यालयका व्यक्तिहरूको निर्देशनअनुसार प्रहरी कमाण्ड सञ्चालन गरेको भन्दै उनको आलोचना हुने गरेको थियो ।

गत साता पत्रकार तथा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरी पक्राउ गर्ने घटनामा समेत कार्कीको भूमिका विवादमा परेको थियो । प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूको निर्देशनमा पत्रकार पक्राउ गर्न प्रहरी परिचालन गरिएको विषय सार्वजनिक भएको थियो ।

गैरकानुनी गिरफ्तारीसम्बन्धी निर्देशनसमेत कार्यान्वयन गरेको भन्दै उनको आलोचना भएको थियो । पक्राउ परेका केही व्यक्तिको गिरफ्तारीलाई अदालतले गैरकानुनी ठहर गरेको थियो ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...