सुदूरपश्चिमको तेस्रो जित, कर्णाली ३९ रनले पराजित प्रेसपत्र प्रकाशित कार्तिक २०, २०८३ धनगढी । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले तेस्रो जित निकालेको छ। आज भएको खेलमा कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो। सुदूरपश्चिमले जारी प्रतियोगितामा पाँच खेल खेलेको छ। जसमा तीनमा जित र दुईमा पराजित भएको छ।