


धनगढी । कैलालीको गोदावरीमा क्याम्पसको कार्यालय कोठाभित्र १८ वर्षीया युवतीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा गोदावरी नगरपालिका–७ निवासी ३८ वर्षीय सिद्धराज भट्ट रहेका छन् । उनी दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका लेखापाल समेत रहेकाे प्रहरीले जनाएको छ ।





भट्टमाथि गत कात्तिक ११ गते दिउँसो करिब १ बजेतिर गोदावरी नगरपालिका–२ वनखेतस्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमै युवतीमाथि जबरजस्तीकरणी गर्न खाेजेकाे आराेप छ ।

क्याम्पसको सीसीटीभी जडान नभएको कार्यालय कोठाभित्र भट्टले युवतीको संवेदनशील अंगमा समात्दै आफूले मन पराउने र बलात्कार गर्न दिनुपर्ने भन्दै दुर्व्यवहार गरेको पीडितको जाहेरीमा उल्लेख छ ।






