


धनगढी । कञ्चनपुरमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।
बलात्कार आरोपमा बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय विशाल सुनार, १९ वर्षीय सुबास बलायर र २१ वर्षीय प्रकाश बलायरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।





उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






