

धनगढी । अदालतको फैसला कार्यान्वयनका क्रममा दार्चुलामा फरार रहेका चार जना प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो।
पशुपन्छीसम्बन्धी कसुर मुद्दामा ५ महिना १४ दिन कैद सजाय तोकिएका महाकाली नगरपालिका–१ लास्कुका ४३ वर्षीय सुरन राम कामी, ३० वर्षीय तेज राम लुहार र २८ वर्षीय जय राम चुनारालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, जुवातास मुद्दामा २ महिना २५ दिन कैद र १८ हजार रुपैयाँ जरिवाना तोकिएका दुहुँ गाउँपालिका–५ दुल्लाका ४५ वर्षीय देव राम पार्की पनि पक्राउ परेका छन्।

