कञ्चनपुरमा पौने २ लाखको अवैध सामान बरामद

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका १ लाख ७६ हजार ६५० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका प्रहरी टोलीले बेवारिसे अवस्थामा चिनी, पेय पदार्थ, बिडी, साबुन, मिठाई, दाल, स्टिलका भाँडावर्तन, ब्रोइलर कुखुरा र एक थान मोटरसाइकल बरामद गरेको हो।

बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...