

धनगढी । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) पविन्द्र बमको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बमको धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरेको हो ।
उनको ठाउँमा तत्काललाई कसैलाई खटाइएको छैन् । यस्तै, अन्य केही डीएसपीको समेत काज सरुवा गरिएको छ ।
डीएसपी दानबहादुर थापाको कर्मचारी प्रशासन शाखा, विश्वराज अधिकारीको केन्द्रीय लेखा शाखा, तर्कराज पाण्डेको प्रबन्ध शाखा, मदन कुँवरको विपद् व्यवस्थापन महाशाखा, गोपीकृष्ण सुवेदीलाई पोखरास्थित प्रहरी गण र हरी बस्नेतलाई सर्वोच्च अदालत काज सरुवा गरिएको प्रहरीले स्रोतले जनाएको छ ।

