

कञ्चनपुर । कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी टोलीले मंगलबार विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका दाल, जिरा, मसला, प्लास्टिकको डोरी, प्लास्टिक झिल्ली लगायतका सामान बरामद गरेको हो।
बरामद सामानको अनुमानित मूल्य २५ हजार २९६ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ।

