

धनगढी । कैलालीको धनगढीबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–१० कटानबाट ५ ग्राम ९ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित धनगढी–१२ का १९ वर्षीय मोहन सुनवार र १५ वर्षीय एक किशोर पक्राउ परेका हुन् ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार राति शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारेको थियो ।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

