कैलालीमा शिवशिखर सहकारीका बचतकर्ताहरु अदालत सम्म भरिभराउ

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । वर्षौँको मेहनतले जम्मा गरेको बचत रकम फिर्ता पाउने आशामा शिवशिखर सहकारीका बचतकर्ता प्रहरी कार्यालयदेखि अदालतसम्म धाउन बाध्य छन्।

बुधबार बिहानैदेखि जिल्ला प्रहरी कार्यालय कैलालीमा बचतकर्ताको ठूलो भीड देखियो। सहकारीमा रकम फसेका तीन हजार तीन सयभन्दा बढी बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन्।

यसैक्रममा अनुसन्धान प्रक्रियाअन्तर्गत बकपत्र रुजुका लागि बुधबार मात्रै एक हजार चार सय बचतकर्तालाई प्रहरी कार्यालय बोलाइएको थियो।

धनगढीकी रमिता रानाले दुःख गरेर जम्मा गरेको रकम फिर्ता नपाउँदा भविष्यका योजनासमेत प्रभावित भएको गुनासो गरिन्। अर्का बचतकर्ता हरिप्रसाद जोशीको करिब ११ लाख रुपैयाँ सहकारीमा फसेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाका अनुसार विचाराधीन मुद्दाको अनुसन्धानलाई अघि बढाउन बचतकर्तालाई बकपत्र रुजुका लागि बोलाइएको हो।

प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइरहे पनि बचतकर्ताको एउटै प्रश्न छ– वर्षौँको मेहनतले जम्मा गरेको रकम कहिले फिर्ता पाइएलारु

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...