कञ्चनपुरमा ४४ हजार बढीको भन्सार छलीका सामान बरामद

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याइएका ४४ हजार रुपैयाँभन्दा बढीका सामान प्रहरीले बरामद गरेको छ ।

जिल्लाका विभिन्न स्थानबाट शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका पेय पदार्थ, चिनी, दाल, पेठा मिठाई, गुड पापडी र फलफूललगायतका सामान बरामद गरेको हो ।

बरामद सामानको अन्दाजी मूल्य ४४ हजार १०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...