कैलाली र कञ्चनपुरमा लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । कैलाली र कञ्चनपुरमा लागूऔषध मुद्दामा अदालतबाट कैद सजाय तथा जरिवाना तोकिएका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

कैलालीमा पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–४ निवासी २२ वर्षीय खेमराज जैशी रहेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले उनलाई लागूऔषध मुद्दामा २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकेको थियो । उनलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनकै घरबाट पक्राउ गरेको हो ।

त्यस्तै, कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर निवासी २७ वर्षीय हरिश भट्ट पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुरले २०८३ वैशाख ११ गते लागूऔषध मुद्दामा उनलाई ६ महिना कैद सजाय सुनाएको थियो ।

भट्टलाई इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो शुक्लाफाँटा नगरपालिका–५ खजुवाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...