बालेन सरकार बर्खामा उम्रिएको चुच्चे च्याउ हो, एक वर्ष पनि टिक्दैन : महेश बस्नेत

cp new add
Nisharg hospital
Dhangadhi
धनगढी । नेकपा (एमाले)का सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार एक वर्ष पनि नटिक्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा एमालेको जनवर्गीय संगठन नेसनल भोलेन्टियर्स संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारलाई बर्खामा उम्रिएको चुच्चे च्याउको संज्ञा दिएका हुन् ।

‘अहिलेको बालेन सरकार बर्खामा उम्रिएको चुच्चे च्याउ हो । बर्खा सकिएर घाम लाग्न थालेपछि यो च्याउ मरेर सकिन्छ । त्यही भएर यो सरकार एक वर्ष पनि टिक्दैन,’ बस्नेतले भने ।

उनले सरकारले सुकुम्बासीलाई दिएको आश्वासन पूरा नगरेको र घर भत्काएर वर्षायाममा सडकमा बस्न बाध्य पारेको आरोप लगाए । यसले सरकारप्रति जनआक्रोश बढिरहेको उनको दाबी छ ।

बस्नेतले भोटेकोशीका बाढीपीडितले राहत नपाएको र प्रधानमन्त्री राहत कोषमा १७ अर्ब रुपैयाँ जम्मा भए पनि पीडित भोकै बस्नुपरेको आरोपसमेत लगाए ।

उनले वैदेशिक शक्तिहरूले एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गरेर ओलीविनाको नेपाल र एमाले बनाउन खोजेको आरोप लगाए । ओलीको विकल्प खोज्ने प्रयासलाई कार्यकर्ताले अस्वीकार गरिसकेको उनको भनाइ थियो ।

युवाहरूले केपी ओलीलाई साथ दिइरहेको उल्लेख गर्दै बस्नेतले ओली र युवा शक्तिबीचको सम्बन्ध एकअर्काका लागि अपरिहार्य रहेको दाबी गरे ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...