मलाई जेनजीहरूले बचाएको हो,जेनजीको नाममा ५० वर्षमाथिकाहरूले ढुंगामुढा हाने : देउवा

cp new add
Nisharg hospital
Dhangadhi

पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफू र पत्नी डा। आरजु राणा देउवालाई जेनजी युवाहरूले नै बचाएको दाबी गरेका छन्।

शनिबार कांग्रेस (देउवा पक्ष) को गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले आन्दोलनका क्रममा आफू र पत्नीमाथि ज्यानै जाने खतरा उत्पन्न भएको बताएका हुन्। ‘मेरो श्रीमती आरजु र मलाई मारिसकेका हुन्, हामी बाँचेका हौँ। यहाँ अहिलेसम्म घाउ छ,’ देउवाले भने, ‘हेलिकप्टर ल्यान्ड गर्न दिएनन्। घर जाने बाटोमा सारा मान्छे बसेर बाटो छेके। पछि आर्मीले गाडी पठाएपछि हामी आर्मीको क्याम्पमा गयौँ। त्यहीँ हाम्रो उपचार भयो र हामी बाँच्यौँ।’

देउवाले उक्त घटनामा जेनजी युवाहरूले आफूहरूलाई बचाउन भूमिका खेलेको दाबीसमेत गरे। ‘मलाई जेनजीहरूले बचाएको हो। फोटोमा देखिन्छ बचाउनेहरू। जेनजीको नाममा ५० वर्षमाथिकाहरूले ढुंगामुढा हाने,’ उनले भने। आन्दोलनका क्रममा आफू र पत्नीमाथि भएको घटनालाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै देउवाले त्यसको पछाडि ठूलो षड्यन्त्र रहेको आरोप लगाए।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन मन्त्री आरजु राणा र तत्कालीन गृहमन्त्री रमेश लेखकको प्रसंग उठाउँदै भट्टराई निवासमा भएको आक्रमणबारे प्रश्नसमेत गरेका थिए।

‘त्यसमा धेरै ठूलो षड्यन्त्र थियो। लौ ठीक छ, ओलीजी प्रधानमन्त्री थिए, मेरी श्रीमती मन्त्री थिइन्। गृहमन्त्री थिए रमेश लेखक। भट्टराई निवास किन हानेको ?’ देउवाले प्रश्न गरे।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...