गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । भारतको राजस्थानस्थित कोटामा भक्तजन बोकेको एउटा गाडी सडक छेउमा पार्क गरिएको ट्रकसँग ठोक्किँदा एकै परवारका ९ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने अन्य केही जना घाइते भएका छन् ।

कोटाका अतिरिक्त जिल्ला कलेक्टर राजेश जोशीका अनुसार १६ जना सवार गाडी मध्यरातमा शम्भुपुरा नजिकै ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

खाटुश्यामको भ्रमण गरेर महाराष्ट्र फर्किने क्रममा गाडीमा दुर्घटनामा परेको उनले बताए । उनका अनुसार मृत्यु हुनेमा सबै एकै परिवारका थिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...