तीन महिनामै करिब ६०० महिलाको हत्या

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । दक्षिण अफ्रिकामा यस वर्षको जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनाको अवधिमा करिब ६०० महिलाको हत्या भएको छ। शुक्रबार सार्वजनिक गरिएको देशको पछिल्लो अपराध तथ्याङ्कअनुसार उक्त अवधिमा कुल ५८१ महिलाको हत्या भएको हो, जसमा जोहानेसबर्ग शहरसमेत समेटिएको गौतेङ प्रान्तमा मात्र १३१ महिला मारिएका छन्।

सार्वजनिक भएको भयावह तथ्याङ्कमा जोहानेसबर्ग र आसपासका सार्वजनिक स्थानहरूमा अर्धनग्न तथा नीलडाम र चोटपटक लागेको अवस्थामा फालिएका १३ महिलाको हत्या घटनासमेत समावेश छ। विश्वमै लैङ्गिक हिंसा र हत्याको दर सबैभन्दा उच्च रहेको देशमध्ये एक दक्षिण अफ्रिकामा यी शृङ्खलाबद्ध हत्याहरूले देशव्यापी आक्रोश निम्त्याएको छ भने दोषीहरूलाई पत्ता लगाउन प्रहरीमाथि तीव्र दबाब परेको छ।

पछिल्लो अपराध तथ्याङ्कले समग्र हत्याको सङ्ख्यामा भने अघिल्लो वर्षको तुलनामा सामान्य कमी आएको देखाएको छ। प्रहरीका अनुसार तीन महिनाको अवधिमा देशभर ५ हजार ५९० हत्याका घटना दर्ता भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०४ ले कम हो। यद्यपि, यो सङ्ख्या अझै पनि दैनिक औसत करिब ६० हत्या बराबर हो।

महिला हत्याको यो सङ्ख्या विगतको तुलनामा बढेको हो वा घटेको हो भन्ने स्पष्ट हुन सकेको छैन।

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...