‘केपी खनालले ह्वाट्सएपमा मात्रै फोन उठाउने रे !’ भन्दै सांसद आशिका तामाङको असन्तुष्टि

cp new add
Nisharg hospital
Dhangadhi

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्नै पार्टीका सांसद केपी खनालको सम्पर्क शैलीप्रति असन्तुष्टि जनाएकी छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै तामाङले जनसरोकारका विषयमा कुरा गर्न खोज्दा खनाललाई सामान्य मोबाइल कलबाट नभई ह्वाट्सएपमार्फत मात्रै सम्पर्क गर्नुपर्ने जवाफ पाएको उल्लेख गरेकी छन् ।

उनका अनुसार खनाललाई फोन गर्दा स्वकीय सचिवले फोन उठाएका थिए । खनालसँग कुरा गराइदिन आग्रह गर्दा सचिवले ह्वाट्सएपमा कल गर्न र अन्य माध्यमबाट फोन नउठाउने जानकारी दिएको तामाङको भनाइ छ ।

यसप्रति आश्चर्य व्यक्त गर्दै उनले सामान्य मोबाइल प्रयोग गर्ने सर्वसाधारण नागरिकले आफ्ना जनप्रतिनिधिसमक्ष गुनासो कसरी पुर्‍याउने भन्दै प्रश्न गरेकी छन् ।

‘एउटा जनताबाट निर्वाचित सांसदले आफ्नो कुरा राख्न, कम्युनिकेसन गर्न नेट चाहिने रहेछ भने टुकटुके मोबाइल चलाउने गरिब निमुखा नागरिकले आफ्नो नेतासम्म गुनासो गर्न कसरी नेट चलाउन सक्छन् ?’ उनले लेखेकी छन् ।

यद्यपि, खनालको सचिवालयले भने तामाङको भनाइको खण्डन गरेको छ । सचिवालयका अनुसार तामाङले फोन गर्दा खनाल कार्यक्रममा व्यस्त थिए । त्यसैले पछि कुरा गर्ने वा तत्कालै कुरा गर्नुपर्ने भए ह्वाट्सएपमा सम्पर्क गर्न भनिएको सचिवालयको जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...