रविको दाबी–अर्थ मन्त्रालयको सीसीटीभी फुटेज एक घण्टामा रिकभर गरिदिन्छु

cp new add
Nisharg hospital

१४ साउन, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अर्थ मन्त्रालयबाट गायब पारिएको सीसीटीभी फुटेज एक घण्टामै रिकभर गरेर सर्वसाधारण सामू सार्वजनिक गर्ने दाबी गरेका छन् । लामिछानेले प्रमुख प्रतिपक्षी नेकपा एमाले समेतका दलले मिलेर तत्कालीन अर्थमन्त्री जर्नादन शर्माको गल्ती ढाकछोप गर्न एक भएकोतर्फ संकेत गर्दै आफूलाई उक्त सीसीटीभीको हार्ड डिस्क उपलब्ध गराए तत्कालै रिकभर गरिदिने दाबी गरेका हुन् ।

Nast Ad

‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले प्रतिपक्ष देखिन खोइ कहाँ छ ? अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसँग एम अधिकारी साटफेर गर्ने प्रतिपक्ष हुन्छ,’ धनगढीमा आयोजना गरिएको पार्टीको प्रदेश भेलालाई सम्बोधन गर्दै उनले भने, ‘म चुनौतीका साथ भन्छु मलाई एक घण्टाका लागि मन्त्रालयको सीसीटीभीको हार्ड डिस्क दिनुस् । रिकभर गरेर सर्वसाधारणलाई देखाउन नसके हेर्नुहोला ।’

विश्वले सूचना प्रविधिमा फड्को मारिरहेका बेला सरकारले सीसीटीभी फुटेज रिकभर हुँदैन भनेर नागरिकमाथि भद्दा मजाक गरिरहेको टिप्पणी गर्र्दै लामिछानेले अब जनतालाई जे भनेपनि हुन्छ भन्ने मानसिकता रहेकाले त्यसलाई रोक्न युवाहरु जाग्नुपर्ने बताए । लामिछानेले भ्रष्टाचार र बेतिथिको अन्त्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाई गर्ने समेत दाबी गरेका छन् ।

उनले देशभर स्वतन्त्र उम्मेदवारसँगको समन्वय र सहकार्य समेत सुरु भइसकेको बताएका छन् । लामिछानेको पार्टीले आयोजना गरेको सुदूरपश्चिम प्रदेश भेलालाई स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका गोपाल हमालले समेत सम्बोधन गरेका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...