२६ साउन, धनगढी । कैलालीमा गाउँ–गाउँ गएर ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । जिल्लाको टीकापुर नगरपालिकाका विभिन्न गाउँमा गएर पैसा असुलेको आरोपमा बर्दियाको राजापुर नगरपालिका–१० की २४ वर्षीया कविता थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले अभिभावकबाट ५ सय रुपैयाँका दरले असुल्दै विद्यार्थीलाई पोशाक, कापी कलम लगायतका सामान दिने आश्वासन दिने गरेको आरोप लागेको छ ।