बाजुराका अनेरास्ववियु नेता अयडीकाे हत्या : ६ जनालाई जन्म कैद, १८ जनाले सफाइ पाए ( आदेशकाे पूर्णपाठसहित)

cp new add
Nisharg hospital

धनगढी । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतले छ जनालाई जन्म कैद हुने फैसला सुनाएकाे छ ।

घटना भएको करिब ४ वर्षपछि जिल्ला न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले अयडीकाे हत्यामा संलग्न भएको पुष्टि गर्दै ६ जनालाई जन्म कैदकाे सजाय हुने फैसला सुनाएकाे हाे ।फैसलाअनुसार जङ्ग भन्ने शेरबहादुर अयडी, सागर अयडी, सागर अयडी,लाेकेश अयडी, खेमराज भन्ने खेम अयडी,जीवन अयडी र धनराज थापालाई जन्म कैद ठहर गरेकाे छ ।

नीहररूलाई पीडित पक्षलाई जनही एक लाखका दरले क्षतिपूर्ति समेत दिन आदेश दिइएको छ ।

प्रतिवादी पदमबहादुर अयडी, बिनाेद अयडी, रूपा चाैधरी अयडी लगायतका १८ जनालाई भने अभियाेगबाट सफाई हुने ठहर गरिएको छ ।

अभियाेग पुष्टि भएका ६ जनाकाे हकमा भने जिवित रहेसम्म कैद गर्नुपर्ने नेपाल सरकारकाे दाबी नपुग्ने अदालतले जनाएको छ ।

४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका बेला बाजुराको कैलाशमाडौँमा एमालेनिकट अनेरास्ववियुका नेता चेतनलाई एउटा समूहले घर घेरा हाली क्रूरतापूर्वक हत्या गरेको थियो।

आदेशकाे पूर्णपाठ

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...