
धनगढी । बझाङमा जिउँदै कुकुरलाई सेती नदीमा फालेकाे भिडियो भाइरल भएपछि प्रहरीले महिलालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेस बस्ने ४२ वर्षीया बिमला देवी रोकाया रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक बिष्टले जानकारी दिए ।
उनकाअनुसार बिहीबार दिउँसो महिलालाई उनकै घर ठेगानाबाट पक्राउ गरिएको हाे ।उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।
ती महिलाले जिल्ला जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट सेती नदीमा कुकुरलाई फालिरहेकाे भिडियो सामाजिक सञ्जालमा भाइरल भएकाे थियोे ।

