सुदूरपश्चिममा ओल्के पर्व मनाइदै, प्रदेशभर सार्वजनिक विदा

Nisharg hospital
Airth Mantralaye

१ भदौ, धनगढी । सुदूरपश्चिममा आज ओल्के पर्व मनाइदैछ । प्रदेशको मौलिक पर्वका रुपमा रहेको ओल्केका अवसरमा घर–नयाँ परिकार पकाएर आपसमा खुसी साटासाट गर्दै पर्व मनाइदैछ ।

pradesh helath nirdesanalaye
gauriganga

ओल्के पर्वका लागि सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ । ओल्केमा ठूलाबडा तथा मान्यजनहरुलाई सम्मान स्वरुप हरियो साग (पिडालुको काभा), फलफूल, तथा भान्छामा पाकेको मिठो मसिनो परिकार दिने परम्परा रही आएको छ ।

Dhangadhi bidhut

बिपत्तीबाट जोगिएको खुशियालीमा मनाइने पर्वमा मान्यजनलाई अन्न, दुध, दही, घ्यू, पनि दिने गरिन्छ । सुदूरपश्चिममा ‘मरुला भनेर ‘बिशु’ खानु, बाँचे भने ‘ओल्के’ खानु’ भन्ने भनाइ पनि प्रचलित छ ।

बैशाख, जेठ, असार र साउनको समय बर्षातको भएकाले रोग लाग्ने, विभिन्न महामारी फैलिने तथा प्राकृतिक विपदका रुपमा लिने गरिन्छ भने ंयी चार महिनामा विपदबाट ज्यान जोगिएको खुसीयालीमा ओल्के मनाउने चलन रहेको संस्कृतिका जानकार बताउँछन् ।

आजको दिन विवाहित छोरीबेटीलाई माइती घरमा बोलाई लाउन, बाबर, बटुक, गतानी डुब्का, मासे माणो, फाडो बनाएर खुवाउने तथा गक्षअनुसारको दान दक्षिणा पनि दिइन्छ । यति मात्र नभएर देउडा खेल्ने, पिङ खेल्ने चलन पनि छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...