त्रिपाठीले भने- नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश निबन्ध मात्र

Rojgar mela

२ भदौ, काठमाडौं । प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देश निबन्ध मात्र भएको बताएका छन् ।

Nisharg hospital

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै त्रिपाठीले विधेयकका कुन दफा संविधान विपरीत छ भन्ने नसकेको बताए । उनले भने, ‘संविधान अनुसार यो विधेयक यहाँ अमान्य छ भन्ने पाएको भए एक ढंगले छलफल अगाडि बढ्थ्यो होला । त्यो नपाएको हुनाले बढी निबन्ध जस्तो लाग्यो ।’

राष्ट्रपतिले कतिपय अतितका कुरा गरेको भन्दै उनले भने, ‘२०३२ सालको नागरिकता ऐनमा एउटा व्यवस्था गरिएको थियो, किन छोटै समयमा पुनरावलोकन गरियो रु यस विषय पनि राष्ट्रपतिको सन्देश छ । यो कसरी टुंग्याउने ?  त्यसका पात्रहरु पृथ्वीमा छैनन्, डकुमेन्टले अर्कै बोल्छ ।’

जन्मका आधारमा नेपाली नागरिकता लिएका आमाबाबुको सन्तानले ७ वर्षदेखि नागरिकता पाउन नसकेकाले यो विधेयक छिटो ल्याउनु परेको उनले बताए । उनले अघि भने, ‘यदि लैगिक समानता खोजेको हो भने संविधानको धारा ११ ९२० को ९ख० कार्यान्वयन गर्ने कि नगर्ने रु त्यसमा किन नबोल्ने ?’

राज्य व्यवस्था समितिको प्रतिवेदनबारे समेत उल्लेख रहेको भन्दै उनले भने, ‘समितिमा सहमति हुन नसकेकै कारण नेकपाको सचिवालयमा गएको हो ।’ एमालेतर्फ संकेत गर्दै उनले राष्ट्रिय सहमति गाजरको बाँसुरी मात्र भएको बताए । भन्छन्, ‘यो २०४८ सालदेखि देख्दैछु, यो गाजरको बाँसुरी हो । मन लगेको बेला बजाइदियो, मन लागेको बेला खाइदियो । अहिले त्यसै रुपले प्रयोग हुँदैछ ।’

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...