
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकलाई खाना पकाउने ग्यासजस्तो अत्यावश्यक वस्तुसमेत सहज रूपमा उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
पोखरेलले सामाजिक सञ्जालमार्फत सरकार आफ्नो कमजोरी ढाकछोप गर्न सामाजिक सञ्जालमा भ्रम र फेक न्युजको खेती गरिरहेको आरोप लगाएका छन् ।
उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै लेखेका छन्, ‘नागरिकलाई खाना पकाउने ग्यासजस्तो अतिआवश्यक वस्तुसमेत सहज रूपमा उपलब्ध गराउन नसक्ने, अनि उक्त कमजोरीलाई ढाकछोप गर्न सामाजिक सञ्जालमा भ्रम र फेक न्युजको खेती गर्ने ?’
पोखरेलले सरकारको यस्तो कार्यलाई ‘नाङ्गो बेइमानी’ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘यो नाङ्गो बेइमानी भएन र, प्रधानमन्त्रीज्यू ?’

