
सर्वोच्च अदालतको नयाँ भवनमा आज फेरि आगो लागेको छ । आगलागीबाट कम्तीमा तीन वटा फाँटमा क्षति पुगेको बताइन्छ । आजको आगो पनि बिजुली सर्टका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
यसअघि भदौ १७ गते राति पनि अभिलेख शाखामा आगलागी भएको थियो । आगलागीले ‘प्रयोगविहीन अवस्थामा राखिएका कागजातहरू जलेको’ बताइएको थियो ।
अघिल्लो वर्ष भदौ २४ गतेको जेन जी विध्वंशमा आगजनीपछि सर्वोच्च अदालतले आफ्ना कामकारबाही एनेक्स भवनबाट गर्दै आएको छ । निर्माणाधिन भवनको एउटा भागमा इजलास र प्रशासन पनि सरेको छ ।

