सुदूरपश्चिमका ‘नेता ठेकेदार’ साउदलाई जनकारबाहीको चेतावनी

cp new add
Nisharg hospital

४ भदौ, धनगढी । नेकपा (बहुमत) ले राजेन्द्र निर्माण सेवाका सञ्चालक तथा नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदलाई जनकारबाही गर्ने चेतावनी दिएको छ । नेकपा बहुमत डडेल्धुराले शनिबार विज्ञप्ति जारी गर्दै उनलाई कारबाहीको चेतावनी दिएको हो ।

Nast Ad

जिल्ला इन्चार्ज डम्बर विष्ट र संयोजक सागरद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘राजेन्द्र निर्माण सेवा प्रालिले डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने रंगुन खोला छेउछाउमा अवैध क्रसर उद्योग सञ्चालन, बुडर जोगबुडा सडक कालोपत्रे गुणस्तरहिन तथा बुडर दैजी सडक निर्माणका मजदुरहरुको पारिश्रमिक नदिएको विषयले हाम्रो पार्टीको गम्भीर ध्यानकर्षण भएको हुँदा निज प्रालिका सञ्चालकले अविलम्ब यी विषय समाधान नगरे जनताको जनकारबाहीको दायरामा ल्याउने व्यहोरा यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौं।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...