लोसपाका प्रदेशसभा सदस्य एमाले प्रवेश

cp new add
Nisharg hospital

४ भदौ, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीबाट मधेश प्रदेशसभा सदस्य प्रल्हाद गिरी नेकपा एमालेमा प्रवेश गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित गिरी शनिबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

Nast Ad

उनीसँगै नेकपा एकीकृत समाजवादी निकट युवा संघका सचिव अरूण यादव, जसपा निकट समाजवादी विद्यार्थी युनियनका सचिव सुजित गिरी पनि एमाले प्रवेश गरेका छन् ।

त्यसैगरी नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका केन्द्रीय सदस्य आलम गिर हुसेन, जिल्ला अध्यक्ष भुपेन्द्र साह लगायतका नेता एमाले प्रवेश गरेको एमाले वीरगञ्ज महानगरपालिका कमिटीका उपाध्यक्ष महेश दासले जानकारी दिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...