सत्ता गठबन्धन चुनाव पछिसम्म जान्छ भन्न ग्यारेन्टी छैन : नेता खनाल

Nisharg hospital

५ भदौ, बुटवल । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले सत्ता गठबन्धन प्रदेश र प्रतिनिधिसभा चुनाव पछिसम्म कायम रहनेमा शंका गरेका छन् ।

Navjiwan hospital adv

आइतबार विहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुुरा गर्दै खनालले चुनावसम्म गठबन्धन कायम रहने तर त्यसपछि कुनै ग्यारेन्टी गर्न नसकिने बताए । ‘गठबन्धन चुनाव पछिसम्म जान्छ भन्न सकिन्न तर, अहिले चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ’, खनालले भने ।

उनले इलामको क्षेत्र नं १ मा आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभामा उम्मेदवार हुने बताए । एमालेमा दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले अलग पार्टी गठन गरेको बताउँदै नेता खनालले तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए ।

 

याे पनि हेर्नुस्
Loading...