डडेल्धुरामा जीप दुर्घटना, ७ जना घाइते

spa1
Nisharg hospital

५ भदौ, धनगढी । डडेल्धुरामा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्लाको अमरगढी नगरपालिका १० को ऐरी गाउँ मोडमा उग्रतारा यातायातको से १ ज ५०४ नम्बरको जीप दुर्घटना हुँदा ७ जना घाइते भएको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहरप्रसाद भट्टले जानकारी दिए ।

swostik

उनकाअनुसार घाइते अवस्थामा भेटिएका चालकसहितका ७ जनाको उद्दार गरेर उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएपनि जीप सडकबाट करीब डेढ सय मिटर तल भिरमा खसेकाले अन्यको खोजी कार्य भइरहेको छ ।

kailali model

जीपमा के कति मानिस सवार थिए ? भन्ने कुराको यकिन नहुँदा समस्या भएको छ । दुर्घटनाग्रस्त जीप दिपायलबाट डडेल्धुरा आइरहेको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...