कैलालीका दुई ठाउँमा बम फेला !

Nisharg hospital

७ भदौ, धनगढी । कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जानकारी दिए ।

मंगलबार नेपाल बन्द आह्वान गरेको नेकपा विप्लवले ती शंकास्पद वस्तु राखेको हुनसक्ने बताउदै डीएसपी जोशीले बम भएको आशंकामा डिस्पोज गर्न नेपाली सेनाको टोली बोलाइएको जनाए । त्यहाँ विप्लव नेतृत्वको नेकपाको झण्डा समेत भेटिएको छ ।

 

याे पनि हेर्नुस्
Loading...