धनगढीमा मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

Nisharg hospital

७ भदौ, धनगढी । धनगढीमा गाईसँग मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा चालकको मृत्यु भएको छ ।

मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत राजपुरमा सोमबार राति अत्तरियाबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१०११ प ३८१६ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक धनगढी १३ का ३० वर्षीया गंगा बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएको बोगटीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । उनकी श्रीमती ३४ वर्षीया शर्मिला राइ घाइते छन् ।

राइको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...